कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकामा नेकपा माओवादी केन्द्रको आयोजनामा आयोजीत शहिद सप्ताहका कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति सहीत थुप्रै नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा नेपाली काँग्रेस वडा नं १ का पुर्व वडा सभापति समेत रहेका देवीशरण न्यौपाने, मुनिलाल न्यौपाने, नयाँराम न्यौपाने, धर्मजित बोगटी, रत्नकली न्यौपाने, अन्जना तिरुवा, प्रजापती न्यौपाने सहित एक दर्जन नेता तथा कार्यकर्ता रहेका बताईएको छ । नव पार्टी प्रवेशीहरुलाई पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाही, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य अबराज खड्का, कर्णाली प्रदेश समिति सदस्य तथा पार्टी गाउँपालिका ईन्चार्ज तारा न्यौपाने खड्का लगाएतका नेताहरुले स्वागत तथा सम्मान गर्नु भएको पार्टी वडा कमिटी अध्यक्ष गोकुल खड्काले बताएका छन । साथै उक्त कार्यक्रममा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न र शासन प्रणाली परिर्वतन गर्न आफ्नो जिवनको बलिदान दिने जनयुद्धमा ज्यान गुमाएका शहिद परीवारलाई सम्मान सहीत गरीएको अध्यक्ष खड्काले जानकारी दिएका छन ।