रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण)ले रास्कोटकै गौरवको आयोजनामा रहेको सडक र सडक मा प्रयोग हुने रोड क्रेशर उद्योग सनिवार, अनुगमन गर्नु भएको छ, । नगरपालिकाको सान्तिघाट देखी आर सी पी बजार सम्म जोड्ने निर्माणाधीन सडकको अनुगमन गर्दै शाहीले सडक निर्माणको जिम्मेवारी पाएको आबिष्कार निर्माण सेवा लाई छिटोभन्दा छिटो सम्पूर्ण कार्य पूरा गरि गुणस्तरीय काम गर्न निर्देशन समेत दिनु भएको छ । यस सडक निर्माणको लागी ३३ करोड बजेट विनियोजित भएको छ । उक्त सडकको सान्तीघाट देखि आर सि पी बजार सम्मको सडक अनुगमन गदैं शाहीले असार मसान्त सम्म सडकको स्तरोन्नती गरिसक्नुपर्ने बताउनु भयो । वर्षा याममा कालोपत्रे गर्न नसकिने र हिउँदे याम लाग्ने बित्तीकै कालोपत्रेको काम सुरु गर्न र यस सडकबाट रास्कोटका धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी जोड्ने लक्ष्य राखीएको समेत बताए । उक्त अनुगमनमा नगर प्रमूख धर्मराज शाही (पोषण) , प्रमूख प्रशासकिय अधिकृत जवान सिंह बम, नेकपा माओबादी केन्द्र प्रदेश कमिटि सदस्य जगत बहादुर शाही ( शिखर) नगर प्रहरी हल्दार धन बहादुर शाही नगर प्रमुख को सचिवालय गौरी परियार ,पत्रकार टिकाराज उपाध्याय लगाएतले उक्त निमार्णधीन सडको अनुगमन गर्नुभएको थियो ।