‘कर्णाली उत्सव, कुडा कर्नालीका’को पाँचौँ संस्करण आजबाट सुरु ।

कालिकोट । ‘कर्णाली उत्सव , कुडा कर्नालीका’को पाँचौँ संस्करण सुर्खेतको बुलबुले उद्यानमा सुरु भएको छ । तीन दिनसम्म संञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । उत्सवमा कर्णालीको रुपान्तरणको लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन् । उद्घाटन सत्रमा आयोजक शहरको तर्फबाट ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ डिस्कोर्स सुरु भएको बताइन् । उनका अनुसार कुराबाट विचार उत्पन्न भएर विचारले विकासको थालनी हुन्छ । कर्णाली सामाजिक न्यायको क्षेत्रमा समेत कर्णाली पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उनले बताइन् । ‘कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा बहस हुन आवश्यछ छ । कर्णालीमा दुःखका मात्र नभई समृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ । हामीले हाम्रा कुरा भन्न आवयक छ । त्यसका लागि यस्ता बहसको महत्व छ । हामीले हाम्रो विरासतका विषयमा बोल्न आवश्यक छ । यो विचारको बहस राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सुनिन आवश्यक छ,’ उनले भनिन् । कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि कर्णालीमा राष्ट्रियस्तरको वहसको कार्यक्रमको आवश्यकता महसुस गरेर शुरु भएको कर्णाली उत्सवको यात्रा अनवरत चलिरहेको बताए । कर्णालीले आफ्नो कुरा आफैं भन्न थालेको र कर्णालीमा विचारको बहस सुरु गरेर देशको चिन्तनसमेत गर्न थालेको उनले बताए । उत्सवको पाँचौँ संस्करणमा विभिन्न १३ वटा सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्धत प्रवचन र हरेक दिन सांगीतिक÷साहित्यिक साँझ रहने छन् ।

error: Content is protected !!