बालकुमारी घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको जाँचबुझ आयोगको निष्कर्ष

कालिकोट । ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ । पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ । जाँचबुझ आयोगका एक अधिकारीले रातोपाटीसँग भने, ‘घटनाको मुख्य जिम्मेवार नै मन्त्री भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उनकै कारणले यति ठुलो घटना भएको जाँचबुझबाट खुलेको छ ।