कालिकोट । जिल्लाका १७ हजार बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइँदै छ । ९ महिना देखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जानकारि दियको छ । फागुन १३ देखि १५ गतेसम्म पहिलो चरण र १७ गते देखि १९ गतेसम्म दोस्रो चरणमा गरि २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा खोप सञ्चालन गरिनेछ भने बाँकि ४ पालिका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, र शुभकालिका गाउँपालिकामा फागुन १७ गते देखि १९ गतेसम्म खोप सञ्चालन गरिने उहाँले बताउनुभयो । नियमित खोप लगाउन छुटेका बालबालिका पनि नछुटुन् भनेर पहिलो र दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ । खोप सञ्चालनको लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न स्थानमा २ सय २७ वटा भन्दा बटी खोप केन्द्र तोकिएको छ । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य सेवा कार्यलय कालिकोटले आवश्यक तयारी थालेको छ । बालबालिकाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न सबैले सहयोग गर्नुपर्ने स्वास्थ्य सेवा कार्यलयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर संकेत विश्वकर्माले बताउनुभयो । दादुरा–रुवेला सबैभन्दा बढी सङ्क्रामक रोग भएको साथै यो रोग लागेका एक बिरामीले धेरै जनासम्मलाई सार्न सक्ने डा। विश्वकर्माको भनाइ रहेका छ ।