आगामी आव २०८१-८२ को बजेट सिलिङ १८ खर्ब तोकीयो

कालिकोट । आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए । ‘खर्चको संशोधित अनुमान घट्नु बजेट कटौती होइन’ चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए । पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।

error: Content is protected !!