कालिकोट । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावहरुमाथि आजदेखि छलफल सुरु हुँदै छ । छलफलका लागि आज बिहान ९ बजेदेखि बैठक सुरु हुँदैछ । उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव माथि आजदेखि छलफल सुरु हुन लागेको हो । तीनवटै प्रस्तावहरु बिहीबारको बैठकमा पेस भएका थिए । ती प्रस्तावमा आज र भोली शनिबार दुई दिन छलफल हुने छ । केन्द्रीय सदस्यहरुले प्रस्तावहरुमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरुलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ । त्यसपछि ती प्रस्तावहरु ७ फागुनदेखि ललितपुरको गोदाबरीमा सुरु हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।