माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने

कालिकोट । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताउनु भएको छ । विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए । आज जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताउनु भएको हो । आवश्यक परे यसबारे पछि निर्णय दिने उहाँले बताउनु भयो ।

error: Content is protected !!