कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ४ ले वृहत साँस्कृतिक कार्यक्रमहरु जनयुद्ध विषयक देउडा प्रतियोगिता, एकल गायन लगाएतका विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै २९ औं महान जनयुद्ध दिवस भव्यरुपमा मनाएको छ । साथै देउडा प्रतियोगीतामा उत्कृष्ठ देउडा प्रस्तुत गरी प्रथम स्थान हाँसील गर्न सफल जनचेतना प्रगतीसिल महिला समुहलाई आयोजक वडा नं ४ ले नगत रु पाँच हजार, द्धितिय स्थान हाँसील गर्ने प्रगतीसिल महिला समुहलाइ रु तिन हजार साथै कार्यक्रममा सहभागी भएर देउडा प्रस्तुत गर्ने स्थानिय महीला समुहलाई रु दुई हजार पुरस्कार स्वरुप प्रदान समेत गरेको छ ।
उक्त कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले सहिदहरु लाई सम्झीदै आगामी दिनमा सहिदका सपना पुरा गर्नु पर्ने धारणा राखेका थिए । अन्तमा २९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रभानन्द आचार्यले निरंकुश जहाँनिया सामान्ती राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागी महान उद्देश्यका साथ नेपाली जनताले शुरु गरेको महान जनयुद्धको ऐतिहासिक दिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु उहाँले भन्नु भयो ।
महान जनयुद्ध र जनआन्दोलन एवं विभिन्न न्यायपूर्ण संघर्षका क्रममा आमुल परिवर्तनका लागी आफ्नो जीवन बलिदान गर्नु हुने महान् सहीदहरुलाई सम्झीदै आजको एक ऐतिहासिक दिनको अवसरमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
साथै आन्दोलनका क्रममा बेपत्ता ,घाईते तथा अपांगता हुनु भएका योद्धाहरु, सहिद परिवारप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनमा सहिदहरुका बाकी सपना पुरा गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।