वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरी रास्कोट नगरपालिकाले मनायो २९ औं जनयुद्ध दिवस ।

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले वृहत साँस्कृतिक तथा अतिरिक्त क्रियाकपालका कार्यक्रमहरु सञ्चालन गरी २९ औं जनयुद्ध दिवस भव्यरुपमा मनाएको छ । नगर प्रमुख धर्मराज शाही (पोषण)को प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत जवान सिंह वमको विशेष आतिथ्यता, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, विभिन्न राजनितिदलका प्रमुखहरु, पत्रकार, सम्पुर्ण विद्यालयका प्र.अ.हरु अविभावक लगाएतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरीएको बताईएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा श्री बडिमालिका मा.वि. रास्कोटको समन्वयमा विभिन्न साँस्कृतिक तथा अतिरिक्त क्रियाकपालका कार्यक्रमहरु मा.वि स्तरीय कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुका लागी लघु सडक नाटक र नित्य प्रतियोगीता तथा आ.वि स्तरीय कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुका लागी बेलुन फुटाउने खेल र कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरुका लागी देउडा प्रतियोगिता सञ्चालन गरेको शिक्षा शाखा प्रमुख खेमराज शाहीले बताउनु भएको छ ।

कार्यक्रमा विभिन्न विधामा आफ्नो उत्कृष्ठ क्षमता प्रस्तुत गरी विभिन्न स्थान हाँसिल गरेका सहभागीहरुलाई प्रमाणपत्र सहीत झोला लगाएतका सामाग्रीहरु पुरस्कार स्वरुप प्रदान गरीएको पनि शाखा प्रमुख शाहीले जानकारी दिनुभएको छ । अन्तमा २९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा रास्कोट नगर प्रमुख शाहीले संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न र शासन प्रणाली परिर्वतन गर्न आफ्नो जिवनको बलिदान दिने महान सहीदहरु प्रति उच्च सम्मान व्यक्त गदै सहिदहरुले देखाएको बाटो कहीलै नभुल्ने प्रतिवद्धता समेत गर्नु भएको थियो ।

error: Content is protected !!