कालिकोट– जिल्लाको महावै गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका शहिद तथा वेपत्ता घरपरिवारका आफन्तहरु लाई दोसल्ला ओडाएर सम्मान गरेको छ । गाउँपालिकाको कार्यालय गैराखाडामा गरिएको सम्मान कार्यक्रममा शहिद तथा वेपत्ता घरपरिवारका २४ जनालाई दोसल्ला ओडाउनुका साथै सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरेको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भएको छ । २९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न र शासन प्रणाली परिर्वतन गर्न आफ्नो जिवनको बलिदान दिने महान सहीदहरु प्रति उच्च सम्मान गरी सहिदहरुले देखाएको बाटो कहीलै नभुल्ने प्रतिवद्धता गर्दै कार्यक्रम सम्पन्न भएको अध्यक्ष सिंहले जानकारी दिनु भएको छ ।