कालिकोट । जिल्लाको महावै गाउँपालिकामा फाईवर नेटवर्क सञ्चालनमा आएको छ । गाउँपालिकाको कार्यालय रहेको गैराखाडामा सोमवार फाईवर नेटवक जडान गरीएको गाउँपालिकाका प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष शिबराज जैशी (रबिकीरण)ले बताउनु भएको छ । साथै उहाँले अब छिट्टै गाउँपालिका भित्रका सवै वडा कार्यालय, बिद्यालयहरु र स्वास्थ्य चौकीहरुमा पनि ईन्टरनेट जडान हुने जानकारी दिनु भएको छ ।