कालिकोट । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको सचिव अधिकारीले बताए । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । जसमा ४१ जना पुरूष र २ जना महिला थिए । सर्टलिष्टमा परेकाहरू १४ जनाको आजदेखि प्रस्तुतीकरण सुरू भएको छ । आज सर्टलिष्टमा परेका ४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको कार्यक्रम रहेको छ ।