कालिकोटका पाँच स्थानिय तहले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने ।

कालिकोट । जिल्लाका पाँच स्थानिय तहले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन । जिल्ला भर नौ वटा स्थानिय तह रहेकामा पाँच वटा स्थानिय तहहरु रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका र महावै गाउँपालिकाले सार्वजनिक विदा दिने भएका छन । पाँच वटै स्थानिय तहहरुको कार्यपालिकाको बैठकले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन विदा दिने निर्णय गरेको वताईएको छ । ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि माओवादी केन्द्रको आधार इलाका भनेर चिनिने स्थानहरुमा स्थानीय सरकारहरुले उक्त दिन विदा निर्णय गर्दै आएका छन् । तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

error: Content is protected !!