जनयुद्ध सुरु भएको दिन फागुन १ गते रास्कोट नगरपालिकाले सार्वजनिक बिदा दिने

कालिकोट– जिल्लाको रास्कोट नगरपालिकाले ’जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आईतवार नगरकार्यपालिकाको निर्णय अनुसार फागुन १ गते ’जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने निर्णय गरेको छ ।

नगरप्रमुख धर्मराज शाही (पोषण) ले आज एक प्रेस– बिज्ञप्ति जारी गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेलाई एक ऐतिहासिक पर्वको रुपमा मनाउन सवैलाई अनुराध गर्दै रास्कोट नगरकार्यपालिकाको निर्णयानुसार २०८० फागुन १ गते मानव विकासको जगको रुपमा रहेको शैक्षिक क्षेत्र अन्र्तगत सामुदायिक विद्यालयको विचमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्धको भुमिका विषयक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने पनि बिज्ञप्ति भनिएको छ ।

यता ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि माओवादी आधार इलाका भनेर चिनिने स्थानहरुमा स्थानीय सरकारहरुले उक्त दिन विदा निर्णय गर्दै आएका छन् ।

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।