कालिकोटमा स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत युवाहरूले कोरियाको बुसान नजिकको किम्हे शहरमा भयको पहिलो भेलाले कालिकोट समाज दक्षिण कोरिया गठन भयको छ । समाजले कालिकोटबाट दक्षिण कोरियामा प्रवेश गरेका सम्पुर्ण नागरिकहरुलाई भैपरि आउने अप्ठ्यारालार्ई सहज बनाउन र एक आपसमा सुमधुर सम्बन्ध बनाउन उक्त समिति गठन गरियको बताईयको छ। आफ्नो जन्म भुमि कालिकोट जिल्लामा सामाजिक कार्यगर्ने उदेश्यका साथ कालिकोट समाज दक्षिण कोरिया गठन गरियको प्रकाश सिंह ले जानकारी दिनु भयको छ । पहिलो भेलाले समितिका संस्थापक पदाधिकारिहरुमा १३ चयन गरियको बताईयको छ । दक्षिण कोरियामा भएको एक भेलाले कालिकोट समाज दक्षिण कोरिया गठन गरेको बताइएको छ। जुन भेलाले अध्यक्षमा गोपाल बहादुर शाहि, बरिस्ठ उपाध्यक्षमा बिनोद सुन्दास, उपाध्यक्षमा राम ब.राना रामु , महासचिवमा प्रकाश चौलागाईं, सचिव सत्यप्रसाद भट्टराई, सदस्यहरु रमेश शाही , मदन शाहि, अकल बोगटि, मनराज बुढा, गगन दर्जी आकाश लगायतको कमिटि गठनन गरियको बताइएको छ । लामो समयदेखि दक्षिण कोरियामा कार्यरत प्रकाश सिंह र सर्जन रावत लगाएतको पहलमा गठन भयको हो । कालिकोट समाज दक्षिण कोरिया गठनमा दक्षिण कोरियामा रहेका मनिकेष भट्टराईको अध्यक्षता,ललितजंग रानाको प्रमुख आथित्यता तथा पूर्णप्रसाद भट्टराई को विषेश आथित्यतामा गरीएको कार्यक्रमको संचालन सर्जन रावत समीप ले गरेका थिए ।