आजको मौसम पूर्वानुमान उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

कालिकोट । देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!