पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै अमेरिकाको चिन्ता

कालिकोट । अमेरिका, बेलायत लगायतका देशले पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै चिन्ता जनाएका छन् । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आफ्नो देशले पाकिस्तानी अधिकारीहरूलाई मौलिक मानवअधिकार कायम गर्न अपील गरेको बताउनुभएको छ । एक विज्ञप्तिमा क्यामरुनले सबै दलहरूलाई औपचारिक रूपमा चुनाव लड्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तानको चुनावमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलामा प्रतिबन्ध लगाएकोमा आलोचना गर्नुभएको छ । निर्वाचन प्रक्रियाका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र इन्टरनेट र दूरसञ्चार सेवामा प्रतिबन्ध लगाइएको भन्दै अमेरिकाले निष्पक्ष चुनावमा प्रश्न उठाएको छ । निर्वाचन आयोगले चुनावमा इमरान खानको पार्टी पीटीआईमाथि प्रतिबन्ध लगाएको थियो ।

error: Content is protected !!