एक दिवसीय सिरिजमा नेपाल र क्यानडा बिच आज दोस्रो खेल खेल्दै

कालिकोट । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९, १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । नेपालको कप्तानी रोहित पोडेल र क्यानडाको साद बिन जफरले गर्नेछन् । पहिलो खेलमा कप्तान रोहितले ४ विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए । पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिनसक्छ । विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ । कुशल भुर्तेल, रोहित र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन् । अनुभवी बलर सोमपाल कामी प्रमुख बलर हुन् । नेपालविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका निकोलस किर्तोन र परगत सिंहको प्रदर्शन क्यानडाको लागि महत्वपूर्ण हुनेछ । बलिङमा राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ । उदय भागवान, ईश्वरजित सोहि र साद बिन जफार प्रमुख बलर हुन् । नेपालले आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नुअघि तयारीको लागि क्यानडासँग तीन खेलको सिरिज खेलेको हो । क्यानडाले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज यूएईमा गएर खेल्नुअघि नेपालसँग सिरिज खेलेको हो । क्यानडा, यूएई र स्कटल्यान्डबीच लिग–२ को पहिलो सिरिज हुनेछ । नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ ।

error: Content is protected !!