प्रथम कालिकोट कप कर्णाली प्रदेश स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता उद्घाटन ।।

कालिकोट । जिल्ला ब्याटमिन्टन संघ कालिकोटको आयोजनामा प्रथम कालिकोट कप कर्णाली प्रदेश स्तरीय खुल्ला डबल पुरुष ब्याटमिन्टन प्रतियोगिता २०८० मान्म बजारको कवड हलमा उद्घाटन गरीएको छ । शुक्रवार जिल्ला ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष बिरेन्द्र शाहीको सभाअध्यक्षता रहेको ब्याटमिन्टन प्रतियोगिताको कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा कालिकोट जिल्ला प्रतिनिधि सभा सदस्य माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको उद्घाटन भएको हो । “स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ कर्णाली प्रदेश खेलकुद परिषद ,कर्णाली प्रदेश ब्याटमिन्टन संघ र खेलकुद बिकास समिति कालिकोटको समन्वय तथा जिल्लाका नौ वटै स्थानिय तह पुर्वाधार विकाश कार्यालय कालिकोट, खाने पानि खिचाई तथा उर्जा विकाश कार्यालय कालिकोट लगाएतको आर्थिक सहयोगमा उक्त ब्याटमिन्टन प्रतियोगिता आयोजना गरीएको जिल्ला खेलकुद समिति अध्यक्ष गणेश बहादुर शाही बिद्रोही ले बताउनु भएको छ ।