कालिकोट । जिल्लाको रास्कोट नगरपालिका अन्तरगत बुधवार वडा नं ७ को वडा कार्यालय भवन सिलान्यास गरीएको छ ।
नगर प्रमुख घर्मराज शाही, पोषण, प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम, नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य जगत बहादुर शाही, प्राविधिक शाखा प्रमुख ई।नरेश शाही लगाएतको उपस्थितिमा उक्त वडा कार्यालय भवन सिलान्यास गरीएको पत्रकार टिकाराज उपाध्यायले बताएका छन् ।
पछिल्लो समय नगर प्रमुख शाही नगर पालिका भित्रका बिभिन्न बिकाश निर्माणका कामहरुको सिलान्यास र अनुगमनमा व्यस्त रहनु भएको छ । गएको शनिवार मात्र नगर प्रमुख शाहीले वडा नं ८ को वडा कार्यालय भवन सिलान्यास गर्नु भएको थियो । यती मात्र नभएर नगरपालिका वाट नगरवासीले प्राप्त गर्ने थुप्रै सेवा सुविधाहरु सहज रुपमा प्राप्त गरुन भन्ने उदश्येका साथ निरन्तर सेवा विस्तारमा समेत लाग्नु भएको छ ।
साथै नगरवासीले आफ्नो आधारभुत आवश्यकताक रुपमा प्राप्त गर्ने गुणस्तरीय शिक्षा, खानेपानि, सिचाई, सडक, विजुली बत्ती, लगाएत थुप्रै कार्यहरुलाई निरन्तरता दिएर अगाडी बढ्नु भएको छ । हामी “बनाउछौं हाम्रो नगर” रास्कोट सरकार रास्कोटी जनताको सरकार भन्ने नारालाई मध्यनजर गर्दै नगर प्रमुख शाही प्रत्येक दिन कहीले विद्यालयको अनुगमनमा धाउनु हुन्छ, कहीले सडको अनुगमनमा त कहीले सिचाई कुलोको अनुगमनमा । नगर प्रमुख शाहीले नगरपालिका भित्र निर्माण भईरहेका भिविन्न गौरवका आयोजनाहरु छिटो छरीतो र गुणस्तरीय बनाउन समेत निर्देशन दिदै आउनु भएको छ ।
सामाजिक सुरक्षा लगाएत सम्पुर्ण बैंकीङ कारोवारको लागी नगरवासीलाई मान्म पुग्न पर्ने वाध्यताको अन्त्ये गर्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकोे शाखा समेत नगरपालिकामा पुगाउन सफल हुनु भएको छ ।