कृषि काममा महिला सहभागिता बढ्दो ।

कालिकोट । कृषि पेसामा महिलाको संलग्नता बढी रहे पनि कृषि कर्मका लागि प्रयोग हुने अधिकांश यन्त्र पुरुषमैत्री छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा सक्रिय रुपमा कृषिमा कुल १ करोड ३२ लाख ११ हजार ३ सय ४९ जनसंख्या संलग्न छ । यसमध्ये महिलाको संख्या ६८ लाख ६३ हजार ४१२ र पुरुषको संख्या ६३ लाख ४७ हजार ९३६ छ । तर नेपालमा उपलब्ध भएका ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर जस्ता कृषियन्त्र पुरुषमैत्री रहेको विज्ञहरुको भनाइ छ । नेपालमा पाइने कृषियन्त्रहरु महिलामैत्री बनाउन सके यन्त्रको सदुपयोग हुनुका साथै उत्पादन लगात पनि घट्ने राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका पूर्वसंयोजक तथा वरिष्ठ धान बाली वैज्ञानिक तथा डा. रामवरण यादवले बताए । ‘हाल नेपालमा मेनुफेक्चरिङ भएका कृषियन्त्रहरु पुरुष मैत्री छन्,’ उनले भने, ‘यसलाई महिलामैत्री बनाउन सके उत्पादन लागत घट्नुका साथै यन्त्रहरु बढी उपयोग हुन्छ ।’ युवा र पुरुष रोजगारीका लागि घर बाहिर बस्ने भएकाले कृषि कर्ममा महिलाको संलग्नता बढी भएको विज्ञहरुको भनाइ छ ।

error: Content is protected !!