कालिकोट । साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो । भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन् । ८६ औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् । यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् ।