पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ ।

कालिकोट । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाउँछौं’, उनले भने । भण्डारी पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापकसमेत हुन् । उनी पनि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ । यद्यपि, भण्डारीले भने आफूलाई उक्त विषय जानकारी नै नभएको, पदाधिकारीले नै मिलेमतोमा आफ्नो कागजात र नाम कीर्ते गरेको दाबी गर्दै आएका छन् ।

error: Content is protected !!