कैलालीमा विद्यार्थी बीच झडप खुकुरीसहित ८ जना पक्राउ

कालिकोट । कैलालीमा विद्यार्थीहरुबीच सामूहिक झडप (ग्याङ फाइट) भएको छ । गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले झडपमा संलग्न दुवै पक्षका ८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट खुकुरी र नक बरामद गरिएको चन्दले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरु १३ देखि २० वर्षसम्म उमेर समूहका रहेका छन् । उनीहरुबीचको झडपको कारण नखुलेको बताउँदै डीएसपी चन्दले चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।