स्वास्थ्य सेवा कार्यालयमा कुष्ठरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा कुष्ठरोग सम्बन्धि जिल्ला स्तरिय पत्रकार तथा प्राविधिकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वाथ्य सेवा कार्यालय कालिकोटका चिकित्सा शाखा प्रमुख डा रोहित गुरुङ्गको सभाअध्यक्षता तथा जिल्ला स्थित सम्पुर्ण पत्रकार तथा स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरीएको थियो । कुष्ठरोग बारे जानकारी, कुष्ठरोगका चिन्ह तथा लक्षणहरु, कुष्ठरोगको उपचार तथा कुष्ठरोगको रोगथामको लागी पत्रकार तथा आमनागरीकको भुमीकाका बारेमा जानकारी गराउने उदश्येले अन्तरक्रिया कार्यक्रम आयोजान गरीएको अ.हे.व प्रकाश अधिकारीले बताएका छन । यस्तै स्वास्थ्य सेवा कार्यालयका स्रोतव्यक्ती जगदिश नेपालीले अझै पनि कुष्ठरोगका विरामीहरु आफ्नो स्वास्थ्य जाँच गर्न नमान्ने जिल्लाभन्दा बाहिर गएर जाँच गर्ने गरेको बताएका छन । परम्परागत रूपमा गाउँ समाजमा कुष्ठरोगीलाई गरिने अवहेलना र विभेदका कारण स्वास्थ्य संस्थामा नजाने मुख्य कारण रहेको छ । स्रोतव्यक्ती नेपालीकाअनुसार अहिले जिल्लाभरबाट साधारणखालका ७ जना मात्र बिरामी अस्पतालको सम्र्पकमा आएर औषधी खाइरहेका छन । गत साउनदेखी कालिकोटमा कुष्ठरोगका २ जना बिरामी थपिएको र त्यसअघि ५ जनाले नियमित औषधी सेवन गरिरहेको बताईएको छ ।

error: Content is protected !!