काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहराको निर्माण पूरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।धरहरा क्षेत्रमा रहेको पार्किङ खुला गरेलगत्तै संघीय सरकारले पत्र लेखेर बन्द गराउनु भनेपछि बालेन आक्रोशित भएका हुन्।‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाडौँका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो’, उनले लेखेका छन्, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपि ओली टावर भन्थे । तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’उनले उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन्। ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले भन्नू भएको थियो।’ उनले लेखेका छन्, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’तोकिएको समयमा काम सम्पन्न नगर्ने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनले बताएका छन ।
थाहा खबर बाट साभार