विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्छ सभामुख ।।

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।आइतबार संघीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए।उनले पारित गर्नु मात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए।उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए। उनले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए।उनले प्रिबजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमाफर्त आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए।
थाहा खबर बाट साभार

error: Content is protected !!