यी तीन प्रदेशमा आज वर्षाको सम्भावना ।।

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
थाहा खबर बाट साभार

error: Content is protected !!