आजको मौसम पूर्वानुमान सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

oppo_0

कालिकोट । देशको पहाडी भू–भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साँझ सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार कोशी, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।