गौशालामा जीपको ठक्करबाट फुटपाथ पसल व्यवसायीको मृत्यु

कालिकोट । गौशालाको पिङ्गलास्थानमा जीपको ठक्करबाट एक जना सडक व्यवसायीको मृत्यु भएको छ । हिजो साँझ फुटपाथ पसल उठाएर निस्किँदै गर्दा बा ९ च २११५ नम्बरको जीपले ठक्कर दिँदा झापाको विर्तामोड–२ स्थायी घर भएकी रमिला बजगाईंको मृत्यु भएको हो । उनको परिवारले भने सुरुमा घाइते भएकी बजगाईंलाई जीपले पछाडि सारेर फेरि ठक्कर दिएको दाबी गरेको छ । पीडित पक्ष र जीप सञ्चालकबीच प्रहरी वृत्त, गौशालामा छलफल भइरहेको छ । ठक्कर दिने जीप विमानस्थलको फोहोर बोक्ने जीप भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!