कैलालीको धनगढीस्थित एक जुत्ता पसलमा आगलागी

कालिकोट । कैलालीको धनगढीस्थित एक जुत्ता पसलको गोदाममा आज आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका २ स्थित साल्टट्रेडिङ भवनमा रहेको निरा प्रसाईको पाथिभरा इन्पोरियममा आगलागी भएको बताईएको छ ।जुत्ता तथा चप्पल गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जुत्ता चप्पलका सामानहरु जलेर १ करोड ५० लाख बढीको क्षति भएको पसल सञ्चालकले बताएका छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!