रामग्राम स्तूप निर्माण र विदेशी संस्थासँग गरिएको समझदारीपत्र तत्काल खारेज गर्न माग

कालिकोट । धर्मोदय सभाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक रामग्राम स्तूपको निर्माण एवं उत्खनन गर्न एक निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिन तयार परियोजना र विदेशी संस्थासँग गरिएको समझदारीपत्र तत्काल खारेज गर्न माग गरेको छ।सभाले आज एक विज्ञप्ति प्रकाशन गरी सो समझदारीपत्र सरकार, अर्थ मन्त्रालय र पुरातत्व विभागले विधिसम्मत छैन भनिसकेकाले उक्त परियोजना रद्द गरी विश्वभरका बौद्धहरुको भावनामा चोट नपुग्ने गरी सरकारकै नेतृत्वमा स्तूपको विकास निर्माण तथा उत्खनन अघि बढाउन आग्रह गरेको बताईएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!