नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

कालिकोट । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुराको लागी छुटेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर हिजो राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए । बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिएका छन । घाइते मध्य ६ जना डिस्चार्ज भएका र अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस भएको बताईएको छ । उनको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ । घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!