वर्षा सँगै भएको हिमपातले भूकम्प पीडितको जनजिवन कष्टकर

कालिकोट । जाजरकोटमा वर्षा सँगै भएको हिमपातले भूकम्प पीडितको जनजिवन कष्टकर बनेको छ । बुधबार राती बाट भएको बर्षा र हिमपातले चिसो बढ्दा उनीहरुलाई थप समस्या भएको छ । जाजरकोटका भूकम्प पीडितहरुले चाहेर पनि आफू र आफ्ना परिवारलाई न्यानोमा राख्न सक्ने अवस्था छैन ।अहिलेसम्म भूकम्प पीडित मध्ये जाजरकोटमा १५ हजार ७६२ परिवारले मात्रै अस्थायी हटरा बनाएका छन् ।सरकारी आँकडा अनुसार, भूकम्पले जाजरकोटमा ४२ हजार ५४२ घर भत्किएको छ । घर भत्किएकाहरूमध्ये २९ हजार परिवारले मात्रै सरकारले दिएको प्योकज रकम आधा लिएका छन्, । पानी पर्न सुरु नहुँदै चिसोले जाजरकोटमा ३१ जनाको ज्यान गइसकेको छ । रुकुममा चार जनाको मृत्यु भएको छ । अब बढ्ने चिसोले दीर्घरोगी, सुत्केरी र बालबालिका जोगाउनु चिन्ताको विषय हो । त्यसै पनि लामो समय त्रिपालमा बस्दा सद्दे मानिस समेत विरामी पर्न थालिसकेका छन् ।जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षासँगै बढेको चिसोबाट जोगिन पूर्वसतर्कता रहन आग्रह गरेको छ ।

 

 

 

error: Content is protected !!