कालिकोट । आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको रहेको छ।खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुने भएको छ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ ।सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।