संखुवासभामा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

 

कालिकोट । संखुवासभा जिल्ला अस्पतालबाट एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगरलाई हिजो हिजो र खाँदबारी–११ खर्तुवाकी गर्भवती सपना राईलाई आज हवाई उद्धार गरी काठमाडौं लगिएको छ। गर्भवती राईको पेटभित्र बच्चा मृत भेटिएको र अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको जिल्ला अस्पताल संखुवासभाका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिएका छन्।

error: Content is protected !!