कालिकोट । यही माघ २५ गतेदेखि काठमाडौँमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ।आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको बताईएको छ ।सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा मेला गर्न लागिएको बताइएको छ।पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औँ संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताएका छन् ।मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।