कालिकोट । बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा पक्राउ परेका अरूण चौधरी र अजितनारायण सिंह थापालाई म्याद थपको लागी लगिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको हो । त्यहाँबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने बताईएको छ । आज सिआइबीले सरकारी जग्गा हडपेको आरोपमा दुई जनालाई पक्राउ गरेको हा । चौधरी र थापालाई प्रहरीले पक्राउ गरी म्याद थप्न लगिएको हो ।