काठमाडौं । भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३र२४ मा ५ अर्ब ५० करोड भारु ९८ अर्ब ८० करोड० विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४ र २५ का लागि ७ अर्ब भारु ९११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु ९१० अर्ब ४० करोड रुपैयाँ० पुर्याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२÷२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो । भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ । वित्त वर्ष २०२४.२५ का लागि भुटानलाई दिने सहायता भने घटेको छ ।आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारु पाउने छ । यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो । गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो । जसलाई संशोधनमा २३ अर्ब ९८ करोडमा झारिएको थियो । यसमध्ये ऋणमात्र १६ अर्ब १४ करोड पु¥याइएको थियो ।
अनलाईन खबरवाट साभार