जुम्लामा हिमपात हुदा किसान खुसी

oppo_0

कालिकोट । जुम्लाका विभिन्न क्षेत्रमा हिमपात भएको छ। यो हिउँदे यामको पहिलो हिमपात हो। सदरमुकाम खलङ्गसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको बताईएको छ।हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान ढिलोगरी हिमपात भएपछि खुशी भएको जिल्लाको तिला गाउँपालिमा–१ की पार्वती बुढाले बताएकीछन् ।माघको उत्तरार्धतिर लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबालीलाई यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ। स्याउ र ओखरका बिरुवा रोप्ने याम भएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाले बताएका छन् ।हिमपात भएसँगै हवाइ सेवा भने अवरुद्ध भएको बताईएको छ।