कालिकोट । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका ८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेको बताईएको छ ।कार्कीले ती किशोरीलाई सोही नगरपालिका ८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको बताईएको छ ।