यू १९ विश्वकप क्रिकेट बंगलादेशविरूद्ध नेपालले गुमायो छैटौं विकेट

कालिकोट । यू १९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा गुल्सन झा आउट भएका छन्। खराब लयमा रहेका झा ३ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नेपालले ३४.४ ओभरमा ५ विकेटको क्षतिमा १२१ रन जोडेको थियो। दुई ओभरपछि दिपक बोहरा पनि ३ रनमै आउट भएपछि नेपालले छैटौं विकेट पनि सस्तैमा गुमायो । चौथो विकेटको रुपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए । आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए । नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!