घरमा आगलागी हुदा १५ लाख बराबरको क्षेती ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ८ मा रहेको सुर बहादुर सेजुवालको घरमा आगलागी भएको छ । गएको सोमवार राती करीव ८ः ३० मा बिद्युतको तार सट भएर घरमा आगलागी भएको स्थानिय बासी रण बहादुर सेजुवालले बताएका छन । आगलागी बाट मानबिय क्षेती नभएता पनि घरमा रहेको करीव १५ लाख बराबरको सम्पुर्ण धनमाल जलेर नष्ट भएको प्रहरी चौकी हाउडीका प्रहरी हवल्दार राम बहादुर मल्लले जानकारी दिएका छन । आगलागी भएकै घरमा श्री निगालपानी सहकारी संस्था लिमिटेडको कार्यालय समेत रहेकाले सो कार्यालयका महत्वपुर्ण सवै कागजात समेत नस्ट भएको बताईएको छ । उक्त घरबाट सुरु भएको आगो नजिकै रहेको लक्ष्मी सेजुवालको घरमा समेत सल्कीएको थियो सो घरमा भने मानिस नबस्ने हुनाले घरमात्र जलेको तर धन मालको क्षेती नभएको बताईएको छ ।

error: Content is protected !!