कालिकोट । नेपालमा पहिलोपटक हुलाक टिकट छपाइ शुरु भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले टिकट छपाइ गर्न थालेको बताईएको छ। हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको छ । जनक शिक्षाले राजनीतिज्ञ, शहीद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ।जनक शिक्षाले आउने चैतसम्म एक करोड ३० लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ। तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने भएको छ। चार राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्रअंकितत टिकट १० लाख थानको दरले कुल चालिस लाख थान छापिने भएको छ।