फ्रान्स र जर्मनीका संगीतकार भन्छन्, एआईका कारण गुजारा गर्न गाह्रो हुने भयो

 

दुई तिहाइभन्दा बढी संगीतकारलाई कृत्रिम बौद्धिकता एआई को डर रहेको फ्रान्सेली र जर्मन संगीत समाजको अध्ययनले देखाएको छ।संगीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा फ्रान्सका लेखक, संगीतकार र संगीत प्रकाशकहरूको समाज सेसेम र यसको जर्मन समकक्षी जीईएमएले ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको बताएका छन्।सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै संगीत निर्माणसँग सम्बन्धित क्षेत्रहरूको ठूलो संख्या मा एआई प्रयोग गरिरहेको पाइएको छ। यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञहरूसँग पनि गरेको अन्तरवार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ। यो करिब दुई अर्ब ७० करोड युरो ९दुई अर्ब ९० करोड अमेरिकी डलर० बराबर हो ।करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीहरूसँग थप पारदर्शिताको माग गरेका छन्। त्यति नै सङ्ख्यामा उनीहरूले राजनीतिज्ञहरूले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन्।सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई ‘सुस्त’ बनाउने नभई यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताए।

थाहा खबर बाट साभार

error: Content is protected !!