विद्यालयमा विभिन्न विधाका कार्यक्रम आयोजना गरी सहिद दिवस मनाईयो ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ छातीमा रहेको श्री जनता माध्यामिक बिद्यालयमा सहीद दिवस भब्य रुपमा मनाईएको छ । देशमा आमुल परिबर्तन ल्याउन आफ्नो बहुमुल्य जिवनको बलिदान गर्नु हुने महान सहिदहरुको सम्झनामा विद्यालयमा वक्तृत्वकला प्रतियोगीता, एथलेष्टिकका खेलहरु लगाएत अन्य खेलहरुको आयोजना गरीएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जवान सिंह सुनारले वताएका छन ।

सहीद दिवसको अवसरमा आयोजित “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा” सहीदहरुको भुमीका विषयीक वक्तृत्वकला प्रतियोगीतामा, नन्दा रिजालले प्रथम स्थान हाँसील गरेकी छन, यस्तै हाईजम्प छात्र तर्फ अलि सुनार, लङ जम्प छात्र तर्फ अलि सुनार साथै लङ जम्प छात्रा तर्फ गौमाता सुनारले प्रथम स्थान हाँसील गरेका बताईएको छ । उक्त कार्यक्रममा वडा नं १ का कार्यवहाक वडा अध्यक्ष धिर बहादुर विष्ट, जनप्रतिनिधि, शिक्षेक, बिद्यार्थी, अभिभावक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमा विविध विधाबाट उत्कृष्ट क्षमता प्रदर्शन गरी प्रथम, दृत्तिय र तृत्तिय स्थान हाँसील गरेका बिद्यार्थी आगामी शुक्रवार पुरस्कार वितरण गरीने अध्यक्ष सुनारले जानकारी दिएका छन ।