बैतडीमा जिप दुर्घटना हुदा एकको मृत्यु

 

कालिकोट । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।
। मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका(८ कालागाउँकी १५ वर्षीया मनीषा विष्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिएका छन् उनको मनीषाको घटनास्थलमै मृत्यु भएको हो। ​घाइते हुनेमा दोगडाकेदार(८ कै चालक समेत रहेका ३० वर्षीय भूपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन्।दुर्घटनाग्रस्त जिप सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

 

 

error: Content is protected !!