खाद्य प्रशोधन तथा उद्यम सिप विकास सम्बन्धि तालिमको आज समापन ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा आईतवारबाट सञ्चालन गरीएको खाद्य प्रशोधन तथा उद्यम सिप विकास सम्बन्धि तिन दिने तालिम आज समापन भएको छ । खाँडाचक्र नगरपालिका र ईकोहिमाल नेपालको सहकार्यमा तालिमको आयोजना गरीएको थियो ।

नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष दधिराम पाण्डेको सभाअध्यक्षता, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीको प्रमुख आतिथ्यता, रोजगार संयोजक बल बहादुर शाहीको विशेष आतिथ्यता, प्रशिक्षक अनिता गौतम, पत्रकार, ईकोहिमालका नेपालका कार्यक्रम संयोजक दिपेन्द्र अर्याल अन्य कर्मचारी तथा प्राविधिकहरु,उद्यम विकास सहजकर्ता सरीता पाण्डे, सरल जनजागरण कृषि सहकारी संस्थाका पदाधिकारी, साथै नगरपालिकाको सम्पुर्ण वडाका अगुवा कृषकहरु, लगायतको उपस्थितिमा आज एक औपचारीक कार्यक्रमको आयोजना गरी तिन दिने तालिमको समापन गरीएको ईकोहिमाल नेपालका कार्यक्रम अधिकृत भक्त बहादुर शाहीले बताएका छन । तालिम ताडीमा रहेको होटेल पर्यटकमा संचालन गरीएको थियो । तालिममा ८ जना महिला र ८ जना पुरुष गरी जम्मा १६ जना कृषकहरुको सहभागीता रहेको थियो ।

उक्त तिन दिने तालिममा मिक्स अचार बनाउने तरीकाका, कागतीको अचार बनाउने तरीका, आलु चिप्स बनाउने तरीका, मासुको अचार बनाउने तरीका, सर्बोत्तम पिठो अर्थात सातु बनाउने तरीका लगायत थुप्रै विषयमा प्रशिक्षक गौतमले कृषकहरुलाई प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएको कार्यक्रम अधिकृत शाहीले जानकारी दिएका छन । तालिममा प्रशिक्षण संगै कीसानहरुलाई उनिहरुकै हातबाट प्रत्येक्ष रुपमा प्रयोगात्मक विधिबाट पनि सिकाईने गरीएको थियो । पहीलो पटक प्रयोगात्मक विधिबाट त्यसरी सिक्न पाउदा तालिममा सहभागीहरु कृषकहरु पनि अत्यन्तै खुसी भएका थिए ।

किसानलाई खाद्य उद्यम संग जोड्ने, कृषकहरुको उत्पादनलाई भण्डार गर्न सिकाउने साथै महिला कृषकहरुलाई लद्यु उद्यन गर्न सिप सिकाउनुको साथै स्वरोजगार बनाउने उदश्येले उक्त तालिम आयोजना गरीएको थियो । आज तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका सभाअध्यक्ष, प्रमुख अतिथि लगायतका वक्ताहरुले तालिममा सहभागीहरुलाई आफुले सिकेको सिपलाई व्यवहारमा लागु गरेर आफ्नो टोल टोलमा गएर अरुलाई सिकाउनु पर्ने साथै त्यसलाई अझै आधुनिकिकरण र व्यवस्थित गरेर व्यवसायको रुपमा अगाडी बढाउन सुझाव दिएका छन ।