पाकिस्तानका पूर्वप्रधामन्त्री लाई १० वर्ष जेल सजाय

कालिकोट । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) नेता शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ। आज रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अडियाला जेलमा यस्तो घोषणा गरेका बताईएको छ ।न्यायाधीश अबुल हसनत जुल्करनैनले इमरान र कुरैशीको उपस्थितिमा यो फैसला सुनाएका हुन्। गत वर्षदेखि अडियाला कारागारमा मुद्दाको सुनुवाइ चलिरहेको थियो। सुनुवाइको क्रममा न्यायाधीश जुल्कारनैनले पीटीआई नेताहरूलाई आफ्ना वकिलहरू अदालतमा उपस्थित नभएको र उनीहरूलाई सरकारी वकिलहरू दिइएको बताएका छन्।

 

error: Content is protected !!